images
images

वैशाख ५ गते भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने


  • 501
    SHARES
  • २०८३ बैशाख ३ गते बिहीबार

    वैशाख ५ गते भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने

    भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा साँझ भक्तपुर वाइल्ड फायर नाइट हुन लागेको हो । 

    आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार, कन्सर्टमा दुश्मन हेरेको हेरै.....लगायतका दर्जनौ चर्चित गीत गाएका दुर्गेश थापाको प्रस्तुति रहने भएको छ । त्यसैगरी कन्सटमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्डको विशेष प्रस्तुति रहनेछ । कन्सर्टमा खरेलले झ्यालबाट हेर.... लगायतका चर्चित गीत गाउँने अध्यक्ष महतले बताए । 

    कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी दुई सय ५० र पाँच सय रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको भनाई छ । विगत १२ वर्षदेखि आयोजना हुंदै आएको दशौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव करिव एक लाख दर्शकले अवलोकन गरिसकेका छन् । 

    bhaktapur mahotsab.jfif
    undefined

    त्यसैगरी महोत्सवमा राष्ट्रियस्तरका दुई दर्जन कलाकारले सांगीतिक प्रस्तुती दिइसेको मेलाका निर्देशक शुनिल बज्राचार्यले बताए । नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर चैत्र २६ गतेदेखि सञ्चालित मेला वैशाख ७ गतेसम्म सञ्चालन हुने बताउँदै मेलाका संयोजक दीपक थापाले महोत्सवका क्रममा दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतकका स्टलबाट १५ देखि ५० प्रतिशत छुटमा बिक्री बितरणको व्यवस्था मिलाइएको बताए ।  

    महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधरणलाई भने १०० रुपैयाँको टिकट लाग्ने संयोजक थापाले बताए । 


    images

    Logo