भक्तपुर । यातायात कार्यालय भक्तपुरमा बिहान ७ बजेदेखिनै सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनेको भीड लागेको छ । चार बर्षपछि लाइसेन्स कार्ड छापिएर आएपछि सो कार्ड लिन बिहानैदेखि सेवाग्राहीको भिड लागेको हो ।
कार्यालयमा लामो समयपछि एक लाख ७५ हजार थान लाईसेन्स कार्ड छापिएर आएपछि बितरण शुरू गरिएको कार्यालयका सुचना अधिकारी जिवन बस्नेतले बताए । बस्नेतका अनुसार, कार्यालयमा सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ को केही सवारी अनुमति पत्र (लाईसेन्स) कार्ड आइपुगेको छ ।

देखि २०२४ सम्मका सबै र २०२५ को केही सवारी अनुमति पत्र ९लाईसेन्स० कार्ड आएको जानकारी पाएसंगै मंगलबार बिहान ८ बजेदेखि नै कार्यालय अगाडि सेवाग्राहीको भीड लागेको छ । आएका लाइसन्स सर्टिङ्ग गरेर खोजेको समयमा सहज रूपमा भेटिने गरि राखिएको बस्नेतले बताए ।
कम्प्युटरमा एप्लिकेशन आइडी हाल्ने बितिकै कुन पोकामा कार्ड राखिएको छ भन्ने थाहा हुने र सोही पोकाबाट अनुमति पत्र झिकेर बितरण गर्न थालिएको सुचना अधिकारी बस्नेतले जानकारी दिए । कार्ड छापिएर नआउँदा लिखित तथा प्रयोगात्मक परीक्षा उतीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका सेवाग्राही चार बर्षदेखि पैसा तिरको रसिदका भरमा सवारी साधान सञ्चालन गर्दै आएका थिए । अझै करिव एक बर्षयताको कार्ड छापिएर आउँन बाँकी रहेको कार्यालयले जनाएको छ ।


