images
images

सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस


  • 173
    SHARES
  • २०८३ बैशाख १२ गते शनिबार

    सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजी बढुवाको सिफारिस सूची सार्वजनिक गरेको हो ।

    बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा दिगविजय सुवेदी रहेका छन् । त्यस्तै, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की पनि डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

    गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिले सशस्त्र प्रहरी बलमा रिक्त डीआईजी पदपूर्तिका लागि उक्त सिफारिस गरेको हो ।

    No description available.


    images

    Logo