images
images

सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता राईको ५ दिनपछि मृतावस्थामा फेला


  • 214
    SHARES
  • २०८३ बैशाख १४ गते सोमबार

    सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता राईको ५ दिनपछि मृतावस्थामा फेला
    गाईघाट (उदयपुर) । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई  पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् ।
     
    जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३ः०० बजे नदीमा बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको  जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए । घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि १८ कोश उत्तरी पहाडी क्षेत्रमा रहेको  छ । 


    images

    Logo