images
images

ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै


  • 126
    SHARES
  • २०८३ बैशाख १६ गते बुधबार

    ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै
    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेका ओमानका कप्तान जतिन्दर सिंहले पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।
     
    नेपाल, युएई र ओमानबीचको एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले हराएको थियो । उता ओमानले भने पहिलो खेलमा युएईसँग हार बेहोरेको थियो ।
     
     आज पनि सुरुआती लयलाई कायमै राख्दै जित निकल्ने उदेश्यका साथ नेपाल मैदानमा उत्रिएको छ । नेपालको प्लेइङ ११ मा कुश भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, भीम सार्की, रोहितकुमार पौडेल ९कप्तान०, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आरिफ शेख, गुलशनकुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।

     




    images

    Logo