images
images

स्रोत नखुलेको  २६ लाखसहित दुई पक्राउ


  • 162
    SHARES
  • २०८३ बैशाख २० गते आइतबार

    स्रोत नखुलेको  २६ लाखसहित दुई पक्राउ
    मोरङ । स्रोत नखुलेको  २६ लाख ९८ हजारसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको छ ।
     
    शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय  मोहिदिल अलीलाई १५ लाख ९८ हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिए। 
     
    त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाखसहित पक्राउ गरिएको उनले बताए।
     
    दुवै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo