काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । राष्ट्रपति पौडेलले सो अध्यादेश पुनर्विचारका लागि मन्त्रीपरिषद्मा फिर्ता पठाएका हुन् ।
कार्यालयबाट आईतवार जारी विज्ञप्तिमा अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाइएको उल्लेख छ । मन्त्रीपरिषद्ले सिफारिस गरेका अन्य सात अध्यादेश भने राष्ट्रपति पौडेलले जारी गरेका छन् ।


