images
images

दर्ज्यानी चिह्न लगाएसंगै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्धारा पदबहाली


  • 149
    SHARES
  • २०८३ बैशाख २१ गते सोमबार

    दर्ज्यानी चिह्न लगाएसंगै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्धारा पदबहाली

    काठमाडौँ । दर्ज्यानी चिह्न लगाएसंगै सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले पदबहाली गरेका छन् । सशस्त्र प्रहरी बल मुख्यालयमा सोमवार आयोजित एक कार्यक्रमका बीच पौडेलले पदवहाली गरेका हुन् । 

    नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई यसअघि बिहान गृहमन्त्रालयमा दज्र्यानी चिह्न प्रदान गरिएको थियो । गृह सचिव राजकुमार श्रेष्ठले मन्त्रालयमा आज बिहान आयोजित विशेष कार्यक्रममा  महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न लगाइदिएका हुन् । 

     वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकास पाएसंगंै पौडेल महानिरिक्षक बनेका हुन् । 




    images

    Logo