images
images

बीपी राजमार्गमा फेरी सवारी आवागमन बन्द


  • 177
    SHARES
  • २०८३ बैशाख २१ गते सोमबार

    बीपी राजमार्गमा फेरी सवारी आवागमन बन्द

    काठमाडौं । कभ्रेमा पानी पर्न थालेसँगै बीपी राजमार्गमा आवागमन पूर्ण रुपमा बन्द गरिएको छ। सोमबार दिउँसोदेखि पानी पर्न थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रहरीले सवारी आवागमन बन्द गराएको हो । 

    जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार जिल्लाका विभिन्न स्थानमा दिउँसोदेखि अत्यधिक वर्षा भइरहेका कारण राजमार्ग  पूर्ण रुपमा बन्द गरिएको हो । सानो बाढी आउँदा पनि अस्थायी डाइभर्सन बाढीले बगाउने समस्या बारम्बार दोहोरिन थालेपछि  यातायात सञ्चालनमा रोक लगाइएको हो । 

    प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा आवागमन गर्न जोखिमपूर्ण भएको प्रहरीको भनाइ छ। मौसम सुधान भएसम्मका लागि सवारी साधान चलाउँन रोकिएको प्रहरीले जनाएको छ। 

     




    images

    Logo