images
images

एसइई नतिजा अन्तिम चरणमा, वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी


  • 147
    SHARES
  • २०८३ बैशाख २४ गते बिहीबार

    एसइई नतिजा अन्तिम चरणमा, वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बोर्डका अनुसार विवरण रुजु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ र निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

    बोर्ड स्रोतका अनुसार उत्तरपुस्तिका तथा विद्यार्थी विवरण इन्ट्री पूरा भइसकेको छ भने हाल तथ्यांक रुजु गर्ने कार्य भइरहेको छ। प्राविधिक तथा प्रशासनिक प्रक्रियाहरूलाई निरन्तरता दिँदै वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

    गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा यसपटक उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको थियो। परीक्षा सम्पन्न भएपछि तत्कालै केन्द्रमै मूल्याङ्कन प्रक्रिया सुरु गरिएको बोर्डले जनाएको छ।

    यस वर्ष परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी सहभागी भएका थिए।


    images

    Logo