images
images

नेपालमा डेंगुको संक्रमण बढ्दो, १३ स्थानीय तह उच्च जाेखिममा


  • 153
    SHARES
  • २०८३ बैशाख २६ गते शनिबार

    नेपालमा डेंगुको संक्रमण बढ्दो, १३ स्थानीय तह उच्च जाेखिममा

    काठमाडौं । सरकारले १३ स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय तहमा डेंगी संक्रमणको जोखिम उच्च देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताए । 

    “हामीले पुस यता सबै स्थानीय तहको डेंगी संंक्रमणको अवस्था अध्ययन गरिरहेका छौँ”, उनले भने, “अन्य स्थानीय तहमा फाट्टफुट्ट डेंगी संक्रमण देखिएका छन् । तर यी १३ स्थानीय तहमा पाँच वटासम्म सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन पत्राचार गरेका छौँ ।” 

    उनका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकेवल गाउँपालिकारहेका छन् ।  

    त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका  त्यसैगरी म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका पनि डेंगी संक्रमणको उच्च जाेखिममा रहेको बताइएको छ । 

    त्यस्तै,  रुपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका पनि डेंगी संक्रमणको उच्च जाखिममा रहेकाे महाशाखाले जनाएको छ ।

    पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी संक्रमण हुन्छ ।


    images

    Logo