images
images

जीर्ण विद्युत् संरचनाले कर्णाली असुरक्षित, तीन वर्षमा करेन्ट लागेर ३३ जनाको मृत्यु


  • 230
    SHARES
  • २०८३ बैशाख २६ गते शनिबार

    जीर्ण विद्युत् संरचनाले कर्णाली असुरक्षित, तीन वर्षमा करेन्ट लागेर ३३ जनाको मृत्यु

    काठमाडौं । कर्णाली प्रदेशमा पछिल्ला तीन वर्षमा करेन्ट लागेर ३३ जनाले ज्यान गुमाएका छन् । विद्युतीकरण विस्तार हुँदै गए पनि आवश्यक सुरक्षा मापदण्डको पालना नहुँदा र जीर्ण विद्युत् संरचनाका कारण विद्युतीय दुर्घटना बढ्दै गएको देखिएको छ ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय, वीरेन्द्रनगर सुर्खेतका अनुसार सो अवधिमा करेन्ट लागेर ३३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । प्रदेश राजधानी रहेको सुर्खेत जिल्ला सबैभन्दा बढी जोखिममा देखिएको छ, जहाँ मात्रै १४ जनाले ज्यान गुमाएका छन् ।

    त्यसपछि रुकुम पश्चिममा ५ जना, सल्यान, जुम्ला र कालीकोटमा ४–४ जना तथा दैलेख र जाजरकोटमा १–१ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामै १२ जनाले करेन्ट लागेर ज्यान गुमाइसकेका छन् ।

    विद्युतीय दुर्घटनामा नागरिकको असावधानीसँगै सरकारी निकाय र नेपाल विद्युत् प्राधिकरणको कमजोरी पनि मुख्य कारणका रूपमा देखिएको छ । विभिन्न स्थानमा नाङ्गो तार, होचा तथा जीर्ण पोलका कारण जोखिम बढेको स्थानीयको गुनासो छ । सामान्य हावाहुरी चल्दा समेत तार चुँडिने, पोलमा करेन्ट प्रवाह हुने तथा विद्युत् संरचना असुरक्षित बन्ने समस्या दोहोरिने गरेको छ ।

    स्थानीयवासीले पुराना संरचना मर्मत, सुरक्षित तार व्यवस्थापन र नियमित अनुगमनमा सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।


    images

    Logo