images
images

महेन्द्र राजमार्गमा बस दुर्घटना, १७ जना घाइते


  • 124
    SHARES
  • २०८३ बैशाख २७ गते आइतबार

    महेन्द्र राजमार्गमा बस दुर्घटना, १७ जना घाइते
    धनुषा । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत धनुषाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
     
    इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । घट्नाका समबन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 




    images

    Logo