काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयले मेडिकल अक्सिजन व्यवस्थापनका लागि नयाँ हटलाइन नम्बरकाे सुरुवात गरेकाे छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो व्यवस्था गरेको जनाएको हो । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उक्त हटलाइन सेवा उपलब्ध गराइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अब कसैलाई अक्सिजन सिलिन्डर वा त्यससँग सम्बन्धित सामाग्री चाहिएमा ९८५१३१०५८१ र ९८५१३१०५८४ मा सम्पर्क गर्न सक्नेछन् ।