images
images

सुधन गुरुङ गृह मन्त्रालय फर्किँदै, महावीर पुन पनि मन्त्री बन्ने


  • 145
    SHARES
  • २०८३ जेठ २६ गते मंगलबार

    सुधन गुरुङ गृह मन्त्रालय फर्किँदै, महावीर पुन पनि मन्त्री बन्ने

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपाका सांसद सुधन गुरुङ तथा स्वतन्त्र सांसद महावीर पुनलाई मन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। श‍ाहले गुरुङलाई गृहमन्त्री तथा पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस गरेका हुन् । 

     नवनियुक्त मन्त्रीहरूले मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनेगरी तयारी तयारी भइरहेको बताइएको छ ।

    चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङले सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि राजीनामा दिएका थिए। उनी गृहमन्त्री हुँदा र त्यसपछि उठेका विभिन्न विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षताको समिति गठन गरेको थियो। 

    समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ। पुन भने भदौ जेन्जी आन्दोलनपछि बनेको अन्तरिम मन्त्रिमणडलमा शिक्षामन्त्री थिए। उनी गत फागुन २१ मा भएको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र सांसदका रुपमा निर्वाचित भएका थिए। उनलाई राश्वपाले समेत सहयोग गरेको थियो । 

    Tags:

    # balen



    images

    Logo