images
images

फिफाको प्रतिबन्धमा नेपाल, के के पर्छ असर ?


  • 143
    SHARES
  • २०८३ आषाढ ११ गते बिहीबार

    फिफाको प्रतिबन्धमा नेपाल, के के पर्छ असर ?

    काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

    तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको जनाएको छ । नेपाली फुटबल इतिहासमा फिफाबाट नेपाल प्रतिबन्धित भएको यो पहिलो घटना हो ।

    यो निर्णयसँगै अखिल नेपाल फुटबल संघ ९एन्फा०ले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ ।निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

    निलम्बनमा रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले जनाएको छ । यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो, यद्यपि, निलम्बन फुकुवा भइसकेको छ ।

     




    images

    Logo