धनगढी । कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको हो ।
सोहि घट्नामा परेर अर्का एक सहसेनानी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा आज दिउँसो १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् ।
उनको अवस्था सामान्य रहेको बताइएको छ । जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । बिहीबार बिहान ९स्१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका नेपाली सेनाका मृतक बिष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए । विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।


