images
images

विश्वकपको प्रि–क्वाटरफाइनल समीकरण पूरा, कुन टोली को संग भिड्दै ?


  • 142
    SHARES
  • २०८३ आषाढ २० गते शनिबार

    विश्वकपको प्रि–क्वाटरफाइनल समीकरण पूरा, कुन टोली को संग भिड्दै ?

    काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानालाई पराजित गरेसंगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो ।

    साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, चौथो भएको मोरक्को, युरोपका शक्ति राष्ट्रहरु स्पेन, इंग्ल्यान्ड र बेल्जियम सहित १६ राष्ट्र अब अन्तिम आठका लागि प्रतिस्पर्धा गर्नेछन् ।
    राउन्ड अफ ३२ को खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । ब्राजिलले जापानलाई पराजित गर्दा जर्मनी पाराग्वेसँग टाइब्रेकरमा पराजित भयो ।

    नेदरल्यान्ड्सलाई मोरक्कोले टाइब्रेकरमा पराजित गर्दा नर्वेले आइभरी कोस्टलाई अनि फ्रान्सले स्वीडेनलाई घर पठायो । त्यसैगरी मेक्सिकोले इक्वेडरलाई पपछिपार्दै अन्तिम १६ मा स्थान बनायो । यस्तै इंग्ल्यान्डले कङ्गोलाई अनि बेल्जियमले सेनेगललाई पराजित गर्‍यो । 

    अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्यो भने स्पेनले अस्ट्रियालाई पराजित गर्दा पोर्चुगलले क्रोएसिया अनि स्विट्जरल्यान्डले अल्जेरियालाई पराजित गर्‍यो । इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा पराजित गर्‍यो । अर्जेन्टिनाले केप भर्डेलाई अनि कोलम्बियाले घानालाई पराजित गरेर राउन्ड अफ १६ मा स्थान पक्का गरे ।

    चार पटकको विश्व विजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् । 

    को को भिड्दैछन् अन्तिम १६ मा 

    अन्तिम १६ को पहिलो खेल आज राति पौने ११ बजे क्यानडा र मोरक्कोबीच हुनेछ । त्यस्तै अर्को खेलमा पाराग्वे र फ्रान्सले भोलि बिहान पौने ३ बजे प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल र नर्वेबीच सोमबार बिहान पौने २ बजेदेखि खेल हुनेछ । त्यही दिन बिहान मेक्सिको र इंग्ल्यान्ड पनि आमने सामने हुनेछन् ।

    मंगलबार बिहान पौने १ बजे पोर्चुगल र स्पेन भिड्ने छन्भने सोही दिन बिहान अमेरिका र बेल्जियम पनि खेल्ने छन् । मंगलबार राति पौने १० बजे अर्जेन्टिना र इजिप्ट आमनेसामने हुनेछन् । बुधबार बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बिया भिड्ने छन् ।

     


    images

    Logo