काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताएका छन्।
सिंहदरबारस्थित समितिको आजको बैठकमा सांसदहरूले राखेको चासो र विज्ञासाको जवाफमा उनले निर्वाचन प्रणाली सुधार गर्न तीन तहका सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताए ।
उहाँले निर्वाचन आयोगलाई सफल हुनका लागि सबै दलहरू र सबै तहका सरकारबाट उत्तिकै सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै उजुरीका विषयमा प्रक्रिया नपुगीकन आएको रिट निवेदन भएकाले दर्ता गर्न अस्वीकार गरेको जानकारी गराए।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनमा पैसा र शक्तिलाई कानुनीरूपमा नियन्त्रण गरेको हुनाले राजनीतिक दल, सरकार र सञ्चारमाध्यम कसैले पनि प्रयोग गर्न नहुने र कानुनीरूपमा कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै आयोग त्यसप्रति प्रतिबद्ध रहेको बताए।