काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर एक युवाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको प्रदर्शनमा गोली लागेर मिर्चैयाका १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले यादवको मृत्यु भएको पुष्टि गरेका छन् ।सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने सुरक्षाकर्मीले गोली नचलाएको दावी गरेका छन् । अर्का एक जना गम्भिर घाईते भएका छन् । उनलाई थप उपचारका लागि धरान पठाइएको छ ।
मृतक युवाको शव सडकमै राखेर प्रदर्शनकारीले आन्दोलन गरिरहेको बताइएको छ । सुनसरी घटनाको बिरोधमा आन्दोलनमा उत्रिएकाहरुले तोडफोड र आगजनी शुरु गरेपछि स्थानीय प्रशासनले सिराहको गोलवजार र लहान क्षेत्रमा कर्फयु आदेश जारी गरेको थियो । निषेधाज्ञाकै बीच प्रदर्शनकारीहरू सडकमा आन्दोलन गरिरहेको बताइएको छ।


