राजविराज । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान ५ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । सप्तरीको बोदेबरसाईनमा पनि विहीबार रातिदेखि नै कर्फ्यु जारी छ ।


