images
images

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि.......


  • 210
    SHARES
  • २०८३ श्रावण १७ गते आइतबार

    प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि.......

    काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि एक युवालाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ ।

     काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

    गएराति पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


    images

    Logo