काठमाडों । बाँकेमा इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको हो ।
साउन १८ गते बिहान करिब ११ः२० बजे इटा भट्टाको पर्खाल भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा आज बिहान करिब ३ः३० बजे उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ । राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।


