images
images

खैरो हेरोइनसहित विभिन्न स्थानबाट ६ जना पक्राउ


  • 128
    SHARES
  • २०८३ श्रावण २१ गते बिहीबार

    खैरो हेरोइनसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

    काठमाडौँ। काठमाडौँलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

    लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भुजाको बोरामा उक्त लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा निजहरुलाई काठमाडौँ मित्रनगरस्थित गेष्ट हाउसबाट ४३ ग्राम, डिजिटल तराजु दुई थान, मोबाइल ११ थान र नगद रु ५० हजारसहित तीन जना क्रमशः हितबहादुर बस्नेत, रामकृष्ण शर्मा र धनन्जय पासवानलाई पक्राउ गरिएको थियो।

    त्यसैगरी, बर्दिया, बाँसगढी नगरपालिका ५ मैनापोखर चोकबाट ५४० मिलिग्रामसहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सोही नगरपालिका ६ बस्ने २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन्।

    झापा गाउँपालिका १ बाट १ ग्राम ६७ मिलिग्रामसहित शिवसताक्षी नगरपालिका ९ दुधे बस्ने काभ्रे रोशी गाउँपालिका १२ घर भएका ३० वर्षीय विराज भुजेललाई बुधबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।


    images
    images

    Logo