images
images

तीन दिनदेखि बेपत्ता पूर्वमेयर किरण सिंह मृत भेटिए


  • 95
    SHARES
  • २०८३ श्रावण २४ गते आइतबार

    तीन दिनदेखि बेपत्ता पूर्वमेयर किरण सिंह मृत भेटिए

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन् । शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    उनले प्रयोग गरेको मोटरसाइकल शनिबार भेटिएपनि उनको अवस्था भने अज्ञात नै थियो। तर प्रहरीसहितको टोलीले आइतबार उनको शब मोटरसाइकल नजिकै फेला पारेको हो। पूर्वमेयर सिंह शुक्रवार दिउँसो आफ्ना एक व्यावसायिक साझेदारलाई आफै फोन गरेर जंगलमा बाटो बिराएकाले सहयोग गर्न आग्रह गरेका थिए । परिवारका अनुसार प्रेसर र दमका बिरामी ६८ वर्षिय सिंह धेरै हिँड्न नसक्ने अवस्थामा रहेका थिए ।

    घनघोर जंगलमा शनिवार मध्यरातसम्म खोजी गर्दा पनि फेला पार्न नसकिएको एसपी भट्टले बताए । आज पनि बिहानैदेखि ठूलो संख्यामा  प्रहरी र स्थानीयवासी सहित कुकुरको प्रयोग गरी खोजी कार्य अघि बढाइएको भट्टको भनाई छ । सोही जंगल क्षेत्रमा रिसोर्ट, बाख्रा फार्म, कुखुरा फार्म तथा माछापालन सहितको कृषि योजनामा बेपत्ता सिंह सहितका व्यक्तिहरूले साझेदारीमा काम गर्ने तयारी गरिरहेका थिए।

    प्रहरीका अनुसार, तिलौराकोट साझेदारी समूहका सदस्य बलराम तिवारीले शुक्रबार साँझ पूर्वमेयर सिंहलाई फोन गरेको र उनीहरुबीच करिव ११ सेकेन्ड मात्र कुरा भएको देखिएको छ । त्यस क्रममा सिंहले मलाई बचाइहाल–बचाइहाल मात्रै भनेपछि फोन काट्एिको थियो । फेरि अर्का एक साथीमार्फत फोन गपनि उहाँले त्यही दोहोर्याएपछि आफु आत्तिएँएको प्रहरीसमक्ष बताएका छन् । 

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भई पाँच वर्ष कपिलवस्तुको मेयरका रूपमा काम गरेका सिंहको लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो जंगलमा फेला परेको थियो। प्रहरीका अनुसार उनी शुक्रबार बिहान कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट फार्ममा जान भनेर निस्किएका थिए।

    प्रहरीले उनको मोटरसाइकल फेला परेको क्षेत्रमा घरबाट लगिएका पुराना कपडा सुँघाएर कुकुरको सहयोगमा खोजी थाले पनि हालसम्म उनी फेला परेका छैनन्। उनको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गदेखि करिव ८ किलोमिटर भित्र गोरूसिंगे जंगलमा रोकिराखेको अवस्थामा फेला परेको थियो। कपिलवस्तुमा श्रीमतीसँगै बस्दै आएका सिंहका एक छोरा जापान र अर्का छोरा भारतमा रहेका छन्। 


    images

    Logo