images
images

एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान


  • 143
    SHARES
  • २०८३ श्रावण २९ गते शुक्रबार

    एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान
    जनकपुरधाम । धनुषा जिल्ला अदालतले एकैपरिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।
     
    दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । 
     
    धनुषका विभिन्न व्यक्तिहरुले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उहाँका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई यही साउन १ गते पक्राउ गरेको थियो । 
     
    सो मुद्दासम्बन्धी धनुषा जिल्ला अदालत जनकपुरधाममा भएको थुनछेक बहसपश्चात् अदालतका न्यायाधीश हिरामाया अवालको इजलाशले तीनै जनालाई पुर्पक्षमा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिए।
     
    उनका अनुसार नौ जनाको मुद्दामध्ये छ वटा मुद्दामा बहस सकेर पुर्पक्षका लागि तीनै जनालाई कारागार पठाउने आदेश भएको र थप तीन वटा मुद्दामा आज पनि सुनवाइ भइरहेको छ । 
     
    अदालतको आदेशसँगै पुर्पक्षका लागि गोपाल र उहाँका छोरा हरेरामलाई महोत्तरी कारागार तथा रेखा साहलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

     


    images
    images

    Logo