images
images

छ सय साठी किलो गाँजासहित दुई जना पक्राउ


  • 144
    SHARES
  • २०८३ भाद्र ४ गते बिहीबार

    छ सय साठी किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले ६६० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । 


     केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई बुधबार अपराह्न पक्राउ गरिएको हो । 

    शङ्का लागेर प्रहरी टोलीले नरबहादुरको घरमा तलासी गर्दा २६ वटा बोरामा राखिएको ५६० किलो तथा जेसुनमायाको गोठमा राखिएका चारवटा ड्रममा १०० किलो गाँजा फेला पारेको थियो ।


    images
    images

    Logo