images
images

स्कुल बस र अटो ठोक्किँदा दुईको मृत्यु, तीन जना घाइते


  • 254
    SHARES
  • २०८३ भाद्र ८ गते सोमबार

    स्कुल बस र अटो ठोक्किँदा दुईको मृत्यु, तीन जना घाइते

    उदयपुर । उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । थप तीन जना घाइते भएका छन् । जिल्लाको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँएर सो दुर्घटना भएको हो । 

    सोमबार बिहान पौने १० बजेको समयमा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को।प्र। ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो।

    उपचारका क्रममा बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन् ।

    दुर्घट्नामा परेका विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ र बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरू तीनै जनाको धरानको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा संलग्न बस र बसका चालक बेलका नगरपालिका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको जनाएको छ।


    images
    images

    Logo