images
images

सडक मर्मतका लागि परेवाभिरमा १२ घण्टा सवारी आवागमन बन्द


  • 138
    SHARES
  • २०८३ भाद्र २० गते शनिबार

    सडक मर्मतका लागि परेवाभिरमा १२ घण्टा सवारी आवागमन बन्द

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मत गर्न यही भदौ २० गते शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय धादिङद्वारा शुक्रबार जारी सूचनामा यही भदौ २० गते शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

    यही भदौ १० भोटेकोशी सहित त्रिशुली नदीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडकखण्डबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।  क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।

    बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्ण भिरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनिघाट १० जवाङखोला र थाक्रे २ को कमेरेभिरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ ।
     
    एकतर्फि सडकमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी –२ परेवाभिरमा शनिबार आवागमन पूर्ण रूपमा बन्द गरि सडक मर्मत गरिने भएको हो । 


    images
    images

    Logo