images
images

रसुवाका बाढीपीडितलाई गोयल ग्रुपको राहत, औषधि र खाद्यान्न हस्तान्तरण


  • 114
    SHARES
  • २०८३ भाद्र २१ गते आइतबार

    रसुवाका बाढीपीडितलाई गोयल ग्रुपको राहत, औषधि र खाद्यान्न हस्तान्तरण

    काठमाडौँ, १९ भदौ । रसुवाका बाढीपीडितका लागि एचआर गोयल ग्रुपले शनिबार स्वास्थ्य तथा खाद्य सामग्री सहयोग गरेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणमा सक्रिय नेपाली सेनामार्फत पीडितसम्म पुर्याउने गरी ग्रुपले विभिन्न राहत सामग्री हस्तान्तरण गरेको हो ।

    गोयल ग्रुपले नेपाली सेनालाई ३ सय २ वटा प्राथमिक उपचार किटसहित खाद्यान्न तथा अन्य राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ । एउटा प्राथमिक उपचार किटले एक परिवारलाई आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामग्री उपलब्ध हुने ग्रुपले जनाएको छ । 

    WhatsApp Image 2026-09-06 at 18.07.52.jpeg
    undefined

    राहत सामग्री बोकेको गाडी रसुवाको धुन्चे पुगेपछि त्यहाँ खटिएका नेपाली सेनाका अधिकारीलाई सामग्री हस्तान्तरण गरिएको थियो । गोयल ग्रुपका अनुसार सेनामार्फत उक्त सामग्री बाढीपीडित परिवारसम्म पुर्याइनेछ ।

    ग्रुपले पठाएको राहत सामग्री समाजसेवी ध्रुव भुजेल ‘बाबा’ले रसुवामा बुझेर नेपाली सेनालाई हस्तान्तरण गरेका थिए ।

    WhatsApp Image 2026-09-06 at 18.07.58.jpeg

    एचआर गोयल ग्रुपले मुलुकमा प्राकृतिक विपद् आइपर्दा प्रभावित नागरिकको सहयोगका लागि राहत सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ । 

    WhatsApp Image 2026-09-06 at 18.07.57.jpeg




    images
    images

    Logo