काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएर अवरुद्ध भएको कृष्णभीर सडक खण्ड तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ । अहिले ट्र्याकको ग्रेड सुधार गरी सबग्रेड तयार पार्ने काम भइरहेको छ ।
हाल दुई बुलडोजर र दुई एक्साभेटर परिचालन गरिएको छ । सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याएर रोलिङ गरिने र त्यसपछि यातायात सञ्चालनमा ल्याउने तयारी छ । ग्राभेल बिछ्याउने काममा थप दुई–तीन दिन लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ ।