images
images

गठ्ठाघर–जडिबुटी सडकखण्डमा मोटरसाइकल दुर्घटना, २१ वर्षीय युवकको मृत्यु


  • 224
    SHARES
  • २०८३ आश्विन ८ गते बिहीबार

    गठ्ठाघर–जडिबुटी सडकखण्डमा मोटरसाइकल दुर्घटना, २१ वर्षीय युवकको मृत्यु

    काठमाडौं । भक्तपुरको गठ्ठाघर–जडिबुटी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक २१ वर्षीय युवकको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार आज बिहान करिब ४ बजे बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका युवकलाई उपचारका लागि भक्तपुरस्थित अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेको मोटरसाइकल र मृतक युवकको थप विवरण भने खुल्न सकेको छैन ।

    यसैबीच, गएराति काठमाडौं उपत्यकामा थप १० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo