मनाङ । मनाङमा हिमपहिरो जाँदा १० जना सम्पर्कविहिन भएका छन् । जिल्लाको नारफूस्थित हिमलुङ हिमालमा आईतवार बिहान हिमपहिरो जाँदा १० जना बेपत्ता भएका हुन् ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान गएको हिमपहिरोमा परेर बेपत्ता हुनेहरू सबै नेपाली हुन्। खोजीका लागि घट्नास्थलतर्फ हेलिकप्टर पठाइएको जनाइएको छ ।
सो हेलिकप्टरले एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेको छ । अर्को हेलिकप्टर फेरि पनि जाँने तयारी भइरहेको पौडेलको भनाई छ । वेपत्ता हुनेहरु अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको बताइएको छ।



