images
images

डलरदेखि युरोसम्म, आज कति छ विदेशी मुद्राको भाउ ?


  • 164
    SHARES
  • २०८३ आश्विन १४ गते बुधबार

    डलरदेखि युरोसम्म, आज कति छ विदेशी मुद्राको भाउ ?

    काठमाडौँ, १४ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।

    युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा तथा बेलायती पाउन्ड एकको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा रहेको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा, क्यानाडियन डलरको १०७ रुपैयाँ ९४ पैसा र १०८ रुपैयाँ ३७ पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ८२ पैसा र १२० रुपैयाँ २९ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ८६ पैसा र २२ रुपैयाँ ९५ पैसा, साउदी रियाल एकको ४० रुपैयाँ ८२ पैसा र ४० रुपैयाँ ९८ पैसा तथा कतारी रियाल एकको ४२ रुपैयाँ ५ पैसा र ४२ रुपैयाँ २२ पैसा रहेको छ।

    त्यस्तै, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ५६ पैसा र ३७ रुपैयाँ ७१ पैसा तथा दक्षिण कोरियन वन १०० को ११ रुपैयाँ २९ पैसा र ११ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०० रुपैयाँ १० पैसा रहेको छ।

    राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

     
     




    images
    images

    Logo