images
images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 169
    SHARES
  • २०८३ आश्विन १४ गते बुधबार

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा झरेको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।


    images
    images

    Logo