images
images

पहिरोमा बेपत्ता महिलाको शव भेटियो, मृतकको संख्या १३ पुग्यो


  • 167
    SHARES
  • २०८३ आश्विन १५ गते बिहीबार

    पहिरोमा बेपत्ता महिलाको शव भेटियो, मृतकको संख्या १३ पुग्यो

    बागलुङ, १५ असोज - अविरल वर्षापछि बागलुङमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।

    असोज ११ गतेको पहिरोमा परी बेपत्ता तमानखोला गाउँपालिका-४ सन्तरकी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार पहिरो गएको चार दिनपछि उनको शव फेला परेको हो।

    असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोलामा पाँच र ताराखोलामा तीन जनाको मृत्यु भएको छ।

    तमानखोलामा मृत्यु हुनेमा बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली, उडिसरा श्रीपाली र पुनसरा विक छन्।




    images
    images

    Logo