images
images

राष्ट्रपतिद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य


  • 185
    SHARES
  • २०८३ आश्विन १५ गते बिहीबार

    राष्ट्रपतिद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन् ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

    831322183_1800374528759792_135245025921468799_n


    images
    images

    Logo