images
images

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो


  • 89
    SHARES
  • २०८३ आश्विन १९ गते सोमबार

    घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । आइतबार प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९ हजार ९ सय १५ रुपैयाँ तोकिएको छ ।

    यता, चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ४ सय ३० रुपैयाँ पुगेको छ ।

    आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ९८ रुपैयाँ तोकिएको छ ।


    images
    images

    Logo