काठमाडौं । कामना सेवा विकास बैंकको नाफा घटेको छ । आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासमा सो बैंकको नाफा ३४ करोड ३६ लाख रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्ष यस्तो नाफा ३९ करोड रुपैयाँ थियो ।
पुस मसान्तमा सो बैंकले ४७ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी निक्षेप संकलन गरी ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
नाफा घटे पनि बैंकको ब्याज आम्दानीमा उच्च सुधार आएको छ । यो अवधिमा बैंकले ९० करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६८ करोड मात्रै थियो । त्यस्तै, कमिसन आम्दानीमा पनि सो बैंकले ३ करोड रुपैयाँ वृद्धि गरेर १६ करोड पुर्याएको छ ।
बैंकको नाफा घट्नुको पछाडि इम्पेरमेन्ट चार्जमा वृद्धि भएको रकम मुख्य कारण रहेको छ । अघिल्लो वर्ष २ करोड ४७ लाख रहेको यस्तो रकम यो वर्ष ९ करोड ८२ लाख पुगेको छ ।
बैंकले अहिल कमाएको नाफा प्रतिशेयर २१.८७ रुपैयाँ हो । अघिल्लाृ वर्ष यो ३० रुपैयाँको हाराहारीमा थियो । बैंकको पुँजीकोष अनुपात १२.३२ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.७७ प्रतिशत, कस्ट अफ फण्ड ७.२४ प्रतिशत र आधारदर ९.२७ प्रतिशत रहेको छ ।


