images
images

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा


  • 251
    SHARES
  • २०८३ आश्विन २९ गते बिहीबार

    सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज सूर्यविनायक नगरपालिका भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा सुर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन्। 

    नगरपालिकाले ५१ सूचक पूरा गरेसँगै सूर्यविनायकले आफ्ना सबै १० वटै वडालाई दुई महिनाअघिनै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको थियो । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ती सूचक पूरा गरेसँगै सूर्यविनायक नगरपालिकालाई  स्थानीय शासनयुक्त नगर घोषणा गरिएको नगरप्रम्ख बाशुदेव थापाले बताए । 

    बालमैत्री स्थानीय शासनका सूचकअन्तर्गत ‘बाल बचाउ’ शीर्षकमा १४ वटा सूचक छन् । बाल विवाहमुक्त, बालश्रममुक्त, सडक बालबालिकामुक्त तथा  गर्भवतीले सात पटक स्वास्थ्य जाँच गराएको हुनुपर्ने, धनुष्टङ्कार (टिटानस) विरुद्धको खोप र आइरन चक्की सेवन गरेको हुनुपर्ने, दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी गराएको हुनुपर्ने तथा बालबालिकाले पूर्ण खोप पाएको हुनुपर्ने व्यवस्था रहेको नगर प्रमुख थापाको भनाई छ । 

    suryabinayak 1.jpg

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार, ‘बाल संरक्षण’ शीर्षकमा निर्धारण गरिएका १० वटा सूचक पनि पुरा भएका छन् । ती सूचक अन्तर्गत बालविवाह पूर्ण रूपमा निषेध हुनुपर्ने, बालश्रममुक्त वडा हुनुपर्ने, बालबालिकाविरुद्ध हुने शारीरिक, मानसिक तथा यौनजन्य हिंसा र दुव्र्यवहार रोकिएको हुनुपर्ने तथा सडक बालबालिका र बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण र पुनःस्थापनाको व्यवस्था हुनुपर्ने प्रावधान रहेको आचार्यले जानकारी दिए । 

    बालविकासतर्फ छ वटा सूचक रहेका छन् । यसमा जन्मिएका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, विद्यालय जाने उमेरका सबै बालबालिका विद्यालयमा भर्ना भएको हुनुपर्ने, विद्यालय तथा समुदायमा बालमैत्री र लैङ्गिकमैत्री शौचालय तथा स्वच्छ खानेपानीको व्यवस्था हुनुपर्ने उल्लेख छ । 

    यसैगरी, टोल, विद्यालय र वडास्तरमा बाल क्लब तथा बाल सञ्जाल गठन भई सक्रिय हुनुपर्ने र स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले निर्धारित सूचक पूरा गरी सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिसकेको हुंदा नगरपालिकालाई बालमैत्री नगरपालिका घोष्णा गरिएको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बताए । थापाले सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुन सफल भएकोमा नगरपालिका परिवारलाई बधाई समेत दिए ।


    images
    images

    Logo