images
images

भाकल पूरा गर्न भारत गए रवि लामिछाने, तीनदिने धार्मिक भ्रमण


  • 84
    SHARES
  • २०८३ कार्तिक ७ गते शुक्रबार

    भाकल पूरा गर्न भारत गए रवि लामिछाने, तीनदिने धार्मिक भ्रमण

    महेन्द्रनगर, ६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। उनी कञ्चनपुरको गड्डाचौकी नाका हुँदै पत्नी निकिता पौडेलसहित भारत गएका हुन्।

    भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिकस्थल कैचीधाम र असमको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको रास्वपाका सचिवालय सदस्य एवं सांसद दीपकराज बोहराले जानकारी दिए।

    लामिछानेसँगै पत्नी निकिता पौडेल र सांसद बोहरा भ्रमण टोलीमा छन्। गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट टोलीलाई भारतीय सुरक्षाकर्मीले सुरक्षा दिएका छन्।

    धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले आफ्नो भ्रमण पूर्णतः व्यक्तिगत र धार्मिक रहेको स्पष्ट पारे। उनले भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताए।

    “पहिलेदेखि नै जाउँला भन्ने थियो। यो धार्मिक भ्रमण हो। कुनै राजनीतिक भेटघाट छैन,” लामिछानेले भने, “कारागारमा हुँदा गरेको भाकल पूरा गर्न जाँदैछु। मेरो भ्रमणका नाममा कसैलाई पनि खिचडी नपकाउन आग्रह गर्दछु।”




    images
    images

    Logo