images
images

बङ्गलादेशका अलराउन्डर सैफउद्दिन पोखरा एभेन्जर्समा आबद्ध


  • 79
    SHARES
  • २०८३ कार्तिक ७ गते शुक्रबार

    बङ्गलादेशका अलराउन्डर सैफउद्दिन पोखरा एभेन्जर्समा आबद्ध

    काठमाडौँ, ६ कात्तिक । बङ्गलादेशका अलराउन्डर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले आज सामाजिक सञ्जालमार्फत उनलाई अनुबन्ध गरेको जनाएको हो।

    सैफउद्दिनले बङ्गलादेशका लागि ३० एकदिवसीय अन्तरराष्ट्रिय खेलमा ३६२ रन बनाउनुका साथै ४२ विकेट लिएका छन्। उनले ५१ टी–२० अन्तरराष्ट्रिय खेलसमेत खेलेका छन्। सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि उनले बङ्गलादेशको प्रतिनिधित्व गरेका थिए।

    पोखराले यसअघि बङ्गलादेशकै शाकिब अल हसन र मेहदी हसनलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ।




    images
    images

    Logo