images
images

एकैदिन ११ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य


  • 145
    SHARES
  • २०८३ कार्तिक ८ गते आइतबार

    एकैदिन ११ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । सुनको मूल्य आज प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, लामो दसैं बिदापछि खुलेको सुनको मूल्य ह्वात्तै घटेको हो । 

    अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा दसैंपछि सुनको मूल्य उच्च दरले घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । 

    यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबारयता आजै नयाँ मूल्य तय भएको हो । 

    त्यस्तै चाँदीको भाउ प्रतितोला २३० रुपैयाँ घटेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा झरेको छ ।




    images
    images

    Logo