काठमाडौं । कोरोना महामारीका कारण सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) ले दिने घरायसी तथा मृत्यु नामसारी सेवा बन्द अल्पकालिन अवधिको लागि बन्द भएको छ ।
सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएसंगै माघ ११ गतेसम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको हो
सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कार्यालयका धेरै कर्मचारीमा संक्रमण देखिएपछि यो सेवा केही समयको लागि बन्द भएको हो ।
‘कार्यालयमा सेवा लिन जेष्ठ नागरिक लगायतका मानिस आउने गर्नुहुन्छ’ उनले भने ‘हामीले सेवा दिने क्रममा कोरोना संक्रमण बढाउनु भएन । त्यसैले अर्को सूचना जारी नभएसम्म यो सेवा बन्द भएको हो ।’ कोरोना संक्रमण न्यून भएपछि यो सेवाले पनि निरन्तरता पाउने न्यौपानेको भनाइ छ ।