images
images

एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै


  • 99
    SHARES
  • २०८३ कार्तिक ११ गते बुधबार

    एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दैछन् । त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । 


    सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराले यो सिजनको पहिलो खेल खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम आज जितको खोजीमा हुनेछ ।

    यसअघि मंगलवार भएका दुई खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका छन् । चितवनले विराटनगर किंग्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी सुरुआत गरेका हुन् ।

    तेश्रो सिजनको एनपिएलको अंक तालिकमा लुम्बिनी, कर्णाली र चितवन क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।




    images
    images

    Logo