images
images

आजदेखि तीन दिनसम्म अधिकांश स्थानको मौसम सफा रहने


  • 215
    SHARES
  • २०८३ कार्तिक २४ गते मंगलबार

    आजदेखि तीन दिनसम्म अधिकांश स्थानको मौसम सफा रहने

    काठमाडौं । आजदेखि आगामी तीन दिनसम्म देशका अधिकांश स्थानको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    हाल देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । राति पनि हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।

    त्यस्तै, तराईका साथै उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

    भोलि भाइटीकाका दिन पनि देशका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ । हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपात तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    यसैगरी, पर्सि बिहीबार हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।


    images
    images

    Logo