images
images

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.१० प्रतिशतले बढ्यो


  • 369
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.१० प्रतिशतले बढ्यो

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले यो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममाको  नाफा ३८.१० प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा लघुवित्तको नाफा उक्त परिमाणमा वृद्धि भएको  हो । 

    समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी १८ करोड २३ लाख१८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड १५ लाख १३ हजार रुपैयाँ कमाएकोमा ५० प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा १० करोड २५ लाख रुपैयाँबाट बढेर १४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

    दोस्रो त्रैमाससम्ममा कम्पनीनीले ९ अर्ब ९३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुसँग सापटी लिई ९ अर्ब ८५ करोड  रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ८ अर्ब ६१ करोड रुपैयाँ सापटी लिई ८ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ५.०३ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सापटी १०.७७ प्रतिशत बढेको छ भने कर्जा २०.७५ प्रतिशत बढेको छ।


    images

    Logo