images
images

खोप नलगाएकाले शुक्रबारदेखि सार्वजनिक सेवा नपाउने


  • 584
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    खोप नलगाएकाले शुक्रबारदेखि सार्वजनिक सेवा नपाउने

    काठमाडौं। कोरोना खोप नलगाएकाले शुक्रबारदेखि सार्वजनिक सेवा नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेको हो । 

    खोप लगाएका व्यक्तिमा कारोनाको जोखिम कम हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रुपमा लिइएको काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । 

    प्रशासनले खोप नलगाएकालाई लगाउन अभिपे्ररित गने उद्देश्य अनुरुप यस्तो व्यवस्था गरिएको जनाएको छ ।  ‘त्यो आदेशको कार्यान्वयनमा बाधा पुर्‍याउने अथवा आदेशको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार नै कारबाही हुन्छ । पेलेर जाने भन्ने अर्थमा होइन कि यसलाई अभिप्रेरित गरेको रुपमा हामीले बुझ्नुपर्छ । कम्तीमा पनि सार्वजनिक सेवा प्रवाहमा यो एउटा महत्वपूर्ण पार्ट हो है भन्ने ढंगले हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।’


    images

    Logo