काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ५९ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको हो ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख बढी नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो । यो अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँभन्दा धेरै रहेको छ ।
यो अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४ लाख बढी रहेको छ । समीक्षा अवधिमा बैंकको संचालन मुनाफा पनि ह्वात्तै बढेको छ। अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म २२ करोड २४ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ३७ करोड ४१ लाखको उचाई चुमेको हो । यसरी अघिल्लो वर्षको तुलनामा बैंकले संचालन मुनाफामा समेत ६८.१६ प्रतिशतको बढेको छ ।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत, कस्ट अफ फण्ड ७.४३ प्रतिशत रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ रु। १३०.९७, मूल्य आम्दानी अनुपात २३.९८ गुणा, तरलता अनुपात २०.८६ प्रतिशत, क्यापिटल एडेक्वेसी रेसियो १२.८० प्रतिशत रहेको छ ।


