काठमाडौं । नबिल बैंकको नाफा सामान्य बढेको छ । आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा सो बैंकको नाफा २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो २ अर्ब १ करोड रुपैयाँ थियो ।
पुस मसान्तमा सो बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी निक्षेप संकलन गरी २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
नाफा बढ्नुमा बैंकको ब्याज आम्दानीमा उच्च सुधार प्रमुख कारण रहेको छ । यो अवधिमा बैंकले ४ अर्ब २१ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब १२ करोड मात्रै थियो ।
त्यस्तै, कमिसन आम्दानीतर्फ बैंकले ८१ करोड आम्दानी गरेको छ । यो अघिल्लो वर्षकै हाराहारीमा हो ।
बैंकको नाफा धेरै नबढ्नुका पछाडि इम्पेरमेन्ट चार्जमा वृद्धि भएको रकम मुख्य कारण रहेको छ । अघिल्लो वर्ष १२ करोडले फिर्ता आएको इम्पेरिमेन्ट चार्जबापत अहिले ४० करोड छुट्याउनु परेको छ । यसले नाफामा दबाब दिएको हो ।
बैंकले अहिले कमाएको नाफा प्रतिशेयर २३.५९ रुपैयाँ हो । अघिल्लो वर्ष यो २९.९९ रुपैयाँको हाराहारीमा थियो । बैंकको खराब कर्जा यो वर्ष १.१२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ०.६० प्रतिशत थियो ।


